काठमाडौं । नेपाल-भारत मैत्री विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका अग्रिम सैंजूले जित्नुभएको छ । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा यू-११ को फाइनलमा सैंजूले भारतका एसे एबर भुटियालाई हराउँदै उपाधि जित्नुभएको हो ।
पाँचौँ चरणको खेल विजेतासँग गुमाउँदा आयोजक पुष्पसदन स्कुलका हार्दिक पन्त दोस्रो हुनुभयो । भारतका एसे एबर भुटिया टाइब्रेकरमा तेस्रो हुनुभयो ।
यसैगरी यू-१३ छात्रतर्फको प्रतिस्पर्धामा सिक्किम चेस एसोसिएसनका निरभ ढकालले बाजी मार्नुभयो । नेपालको पाठशाला सेकेण्डरी स्कुलका ओस्कार पन्थी दोस्रो र त्रियोग हाईस्कुलका आभास रिमाल तेस्रो हुनुभयो ।
यू–१५ समूहमा भारतका अभनिश प्रधान पहिलो हुनुभयो । पुष्पसदनका सुप्रभ सागर श्रेष्ठ दोस्रो र मातृभूमि स्कुलका सविद प्रजापती तेस्रो हुनुभयो । विजेता खेलाडीलाई कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोललगायतले पुरस्कार प्रदान गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच