एस्टन भिल्लासँग हार्‍यो चेल्सी

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग दुई-शून्यले पराजित भएको छ । भिल्लाको जितमा ओली वाट्किन्स र जोन म्याकजिनले गोल गर्नुभयो । खेलको १८औँ मिनेटमा अ‍ेली वाट्किन्सको गोलबाट भिल्लाले घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भएको थियो । त्यसपछि ५६औँ मिनेटमा जोन म्याकजिनले ज्याकोव राम्सेको पासमा दोस्रो गोल गर्दै भिल्लालाई जित दिलाउनुभयो ।

यस जितसँगै भिल्ला २८ खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लिन सफल हुँदा पराजित चेल्सी ३८ अंक जोडेर ११औँ स्थानमा झरेको छ ।
यता, इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले हेलास भेरोनामाथि एक-शून्यको जित हात पारेको छ । युभेन्ट्सको जितमा मोइस किनले ५५औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । यस जितले युभेन्ट्स २८ खेलबाट ४४ अंक जोडेर सातौँ स्थानमा रहेको छ । पराजित भेरोना १९ अंक जोडेर १८औँ स्थानमा छ ।

अर्काे खेलमा इन्टर मिलानलाई फियोरेन्टिनाले एक-शून्य गोलअन्तरले पराजित गर्‍यो । इन्टरलाई स्तब्ध पार्न ५३औँ मिनेटमा जियाकोमो बोनाभेन्चुराले निर्णायक गोल गर्नुभएको थियो । हारसँगै इन्टर २८ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । इन्टरलाई हराएको फियोरेन्टिना ४० अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?