भोजपुर । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ प्रवद्र्धन गर्ने उद्धेश्यका साथ भोजपुर र खोटाङको सिमाना चखेवाभञ्ज्याङमा मंगलवारबाट सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा आविश्कार घिमिरे पहिलो बनेका छन् ।
अन्नपूर्ण बागधन रणदिपा माविमा अध्ययरत उनी ८५ दशमलव ३३ अंक ल्याएर पहिलो भएका हुन । यस्तै तिम्मा माविका अनिश दाहाल ७७ अकं सहित दोश्रो, चण्डेश्वरी मावि नागीका निलिमा राई र सिंहदेवी मावि लेर्खकका गोमा तिम्सिना बरावर ७० दशमलव छ अंक सहित तेश्रो भएको निर्णायक समिति संयोजक कविता राईले जानकारी दिनुभयो । ‘हाम्रो टेम्के’ शीर्षकमा आयोजित कविता वाचन प्रतियोगितामा टेम्केमैयुङ गाउँपालिका भित्रका ७ वटा बिद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने बिजेता प्रतियोगिहरुले नगद ७ हजार, ४ हजार र २ हजार पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेलले बताए ।
एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ गाउँपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ घोषणा गरी माघ १ देखि ५ गतेसम्म बिविध कार्यक्रम तय गरेको हो । पर्यटन प्रवद्र्धनका साथै कृषि उत्पादनलाई बिशेष जोड दिँदै बृहत मेलाको आयोजना गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच