काठमाडौं । पूर्वी भारतको मणिपाल अस्पतालमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि (एआई)मा आधारित वायरलेस इन्जेक्टिबल पेसमेकर जडान गरिएको छ । एबटद्वारा विकसित पेसमेकर भारतीय बजारमा भर्खरै प्रवेश गरेको हो । कोलकाताको ढाकुरियास्थित मणिपाल अस्पतालमा पहिलोपटक एक ६५ वर्षीया बिरामीको मुटुमा सफलतापूर्वक उक्त पेसमेकर जडान गरिएको अस्पतालले जनाएको छ ।
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) र युरोपेली चिकित्सा प्राधिकरणद्वारा अनुमोदित इन्जेक्टिबल पेसमेकरलाई अँगाल्ने विश्वको तेस्रो देश भारत बनेको छ ।
अमेरिका र युरोपमा प्रयोगमा आइसकेको पेसमेकर परम्परागत पेसमेकरभन्दा तीन गुणा बढी समयसम्म चल्ने निर्माता कम्पनीको दाबी छ । मात्र दुई दशमलब चार ग्राम तौल भएको पेसमेकरको आयु २० देखि २५ वर्षसम्म हुन्छ । यसले नेपाली बिरामीलाई पनि फाइदा गर्ने अस्पतालको दाबी छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०२० मा गरेको एक अध्ययनका अनुसार नेपालमा मुटुरोगका कारण धेरैको ज्यान गइरहेको छ । अध्ययनका अनुसार २० प्रतिशत मानिसहरूले मुटुको रोगको कारण आफ्नो ज्यान गुमाइरहेका छन् । यो नवीन प्रविधिको पेसमेकर नेपालका मुटुरोगीहरूका लागि आशाको किरण हुन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच