काठमाडौं । ओखलढुंगा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्वबोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
यस समाजको उपाध्यक्षमा गोरखापत्रका डिजिटल प्रमुख र निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतम, नेपाल टेलिभिजनका समाचार सम्पादक सलोजा दाहाल हुनुहुन्छ । यसैगरी महासचिवमा नेपाल समाचारपत्र दैनिकका राजनीतिक ब्युरो प्रमुख जीवन शर्मा, सचिवमा खबरडबली डटकमका समाचार सम्पादक मनोजकुमार भट्टराई, कोषाध्यक्षमा सेभेनस्टार फोर के टेलिभिजनका प्रबन्ध निर्देशक जानुका बराल रहनुभएको छ ।
सदस्यहरूमा हिमालय टाइम्स दैनिकका उपसम्पादक विनोद दाहाल, राससका उपसम्पादक कुम्भराज राई, सुभाना मिडियाका सञ्चालक/सम्पादक शिवबहादुर विक मिलन, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेल, सुनकोशी सन्देशका प्रधान सम्पादक युवराज पहाडी, आदर्शखबरका अध्यक्ष तथा सञ्चालक टीकादास श्रेष्ठ र थाहाखबर डटकमका संवाददाता श्याम राई रहनुभएको छ ।
यसैगरी, समाजको सल्लाहकारमा राससका पूर्वअध्यक्ष तथा हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्वकार्यबहाक अध्यक्ष, साँघु साप्ताहिकका संस्थापक तथा अतिथि सम्पादक गोपाल बुढाथोकी र नेपाल पत्रकार महासंघका निवर्तमान कार्यबाहक अध्यक्ष बाला अधिकारीलाई राखिएको छ ।
ओखलढुंगाको पत्रकारिता क्षेत्रको विकास, अग्रज पत्रकारलाई पुरस्कार, अभिनन्दन, सम्मान र अनुज पत्रकारहरूको श्रीवृद्धिका लागि आवश्यक सहयोग, पत्रकार कल्याणकारी अक्षयकोष स्थापना, विधागत पत्रकारिता पुरस्कार स्थापना, ओखलढंगा जिल्लाबाट काठमाडौंलगायत विभिन्न जिल्लामा कार्यरत पत्रकारलाई एकाकार गरी जिल्लाका विभिन्न एजेण्डामा बहस पैरवी गर्ने, खोज अनुसन्धानका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको संस्थाका महासचिव जीवन शर्माले बताउनुभयो ।
समाजले आफ्ना उद्देश्य अनुसारका गतिविधिलाई अघि बढाउन ओखलढुंगामा स्थायी घर भएका काठमाडौंलगायत अन्यत्रसमेत कर्मथलो बनाएका सम्बन्धित पत्रकारहरूसँग आवश्यक छलफल गर्ने तयारी छ । संस्था स्थापनार्थ भेलामा उपस्थित पत्रकारहरू स्वतः संस्थापक रहने समाजको विधानमा व्यवस्था गरिएको छ । ओखलढुंगाबाट काठमाडौं आई पत्रकारिता पेशामा क्रियाशील पत्रकारहरूको संख्या करिब सयजनाको हाराहारीमा रहेको समाजले जनाएको छ । पहिलो चरणमा ती पत्रकारहरूको तथ्यांक संकलन गरी बृहत्त भेला गर्ने योजना रहेको अध्यक्ष धमलाले बताउनुभयो ।
उक्त ओखलढुंगा पत्रकार समाजको विधान स्वीकृत प्रशासकीय अधिकृत उर्मिला अधिकारीले गर्नुभएको हो । यस पश्चात् समाजको विधान र प्रमाणपत्र काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले अध्यक्ष धमलालाई हस्तान्तरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच