
साउदी अरब । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग टोली अल नासरसँगको सम्झौता लम्ब्याउने तयारी गर्नुभएको छ ।
नयाँ सम्झौता प्रतिसिजन २१० मिलियन अमेरिकी डलरभन्दा बढीको हुन सक्ने मिडिया रिपोर्टहरूले बताएका छन् । रियल मड्रिडका पूर्वस्टारको हालको सम्झौता चालु सिजनको अन्त्यमा समाप्त हुँदैछ ।
अल नासरबीचको सम्झौता नवीकरण भए रोनाल्डो विश्वकै सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीका रूपमा स्थापित हुने स्थानीय मिडियालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
रोनाल्डो जनवरी २०२३ मा अल नासरमा अनुबन्ध हुनुभएको थियो । रोनाल्डोको आगमनसँगै विश्व फुटबलका स्टार खेलाडीलाई मध्यपूर्वले आकर्षित गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच