
काठमाडौं । राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गृहमन्त्री रमेश लेखकसँग छलफल हुने भएको छ।
छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लेखकलाई बोलाएको छ।
बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो।
आज दिउँसो साढे १२ बजे समिति हल सिंहदरबारमा बस्ने बैठकमा छलफलका लागि गृहमन्त्रीलाई बोलाइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्रको नाममा जनताले पाएको सास्तीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच