
काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
यता, कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने जनाएको छ । प्रचलित कानुनी व्यवस्थाबमोजिम बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयं सेयरधनीहरूले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच