
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । संस्थाको २३औँ वार्षिक साधारणसभामा सञ्चालक समितितर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
संस्थाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा कुल सञ्चालन आम्दानी एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।
संस्थाको देशका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा कुल १६ सय ९२ साझेदार संस्था आबद्ध छन् भने १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । दलित १२ प्रतिशत, जनजाति ३४ प्रतिशत र अन्यको ५४ प्रतिशत रहेकोमा महिला सहभागिता ८० प्रतिशत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच