
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेस सय दिने विशेष राष्ट्रिय अभियान तथा प्रदेश सम्मेलन सम्पन्न भएको छ ।
कांग्रेस क्षेत्र ३ ख सभापति घनश्याम चालिसेको अध्यक्षता कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा,जीवन रानाको विशिष्ट आतिथ्यतामा सम्मेलन भएको थियो ।
विशेष राष्ट्रिय अभियानमा प्रमुख अतिथि बालकृष्ण खाँडले यस अभियानले पार्टीलाई थप मजबुत बनाउने सहयोग हुने बताउनु भयो । उहाँले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने भन्दै देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्दै जनताको हितको लागि कांग्रेसले ठुलो बलिदान सहित योगदान गरेको बताउनु भयो ।
नेता खाँणले नेपाली जनताले भुल्न नसक्ने शुद्धोधनको समग्र विकासका लागि नेपाली कांग्रेसका जनप्रतिनिधि अहोरात्र खटिएको बताउँदै जिल्ला र प्रदेशमा जनतालाई हाम्रो सरकार छ, भन्ने अनुभुति हुने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा,जीवन रानाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देहीका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल,नेपाली कांग्रेस जिल्ला उपसभापति तथा सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे,नेपाली कांग्रेस महा समिति सदस्य तथा शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,नेपाली कांग्रेस महा समिति सदस्य विमल ढकाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य हरिधोज मल्ल,नेपाली कांग्रेस महा समिति सदस्य पुष्पा चौधरी ,नेपाली कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङ,नेपाली कांग्रेस सियारी गाउँपालिका सभापति गोपाल पाण्डे,नेपाली शुद्धोधन ५ का सभापति तथा वडा अध्यक्ष चन्द्रभान चौधरी लगायतले कार्यक्रममा आ–आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।
कांग्रेस क्षेत्र नम्बर ३ ख का कोषाध्यक्ष मनोहर प्रसाद राज भण्डारीले आय,व्यय, विवरण प्रस्तुत गर्नुभयो । सो कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति बेदानिधी रिजालको स्वागतमा र नेपाली कांग्रेस प्रदेश ख का सचिव उमाकान्त चापागाईंको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच