
-निरोज कोइराला
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनु पर्नेमा पैसाका लागि हुन थालेको बताउनु भएको छ ।
तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको उहाँले बताउनु भयो ।
नेता कोइरालाले भन्नुभयो, “अहिले राजनीतिलाई व्यावसायीकिकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,” कोइरालाले थप्नुभयो, ‘पैसै कमाउने हो भने अन्य थुप्रै विकल्पहरु छन तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न हुँदैन ।
नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राजनीति गर्नु पर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गर्नुभयो ।
नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउँदै संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको धारणा पनि राख्नुभयो । ‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ नेता कोइरालाले भन्नुभयो, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’
१८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताउनुभयो । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडी बढ्न नसक्ने कोइरालाको भनाई छ ।
कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइराला लगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गर्नुभयाे । प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच