
काठमाडौंं । कशौधन ट्रेडर्स नेपालगञ्जले भारतबाट आयात गरेको मापदण्डविपरीतको दाल र राजमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रोकिदिएको छ । नेपालगञ्ज भन्सार नाकामा ल्याएको नौ हजार छ सय केजी चना दाल प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जले परीक्षण गर्दा क्षतिग्रस्त दाना तथा किराले क्षति पुर्याएको दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएकाले आयात गर्न नमिल्ने भनी नेपालगञ्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको हो ।
त्यसैगरी नेन्सी सप्लायर्स दाङले भारतबाट आयात गरी नेपालगञ्ज भन्सार नाकामा ल्याएको २३ हजार दुई सय ८० केजी राजमाको दाल पनि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएकाले आयात गर्न नमिल्ने भनी नेपालगञ्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा परिभाषित खाद्य पदार्थ आयात गर्ने सम्पूर्ण खाद्य व्यवसायीले अनिवार्यरूपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थ आयातअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम खाद्य पदार्थ आयात गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ आयात गर्न पनि विभागले आग्रह गरेको छ । सो बमोजिम नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने भन्दै विभागले सम्बद्ध पक्षलाई सचेतसमेत गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच