![लागूऔषध खैरो हेरोईनसहित पक्राउ](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/police-prakrau.jpg)
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जित तवरले भ्रम फैल्याएको बताउनु भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको बताउनु भयो ।
बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाउनु भएको थियो । तर त्यसको खण्डन गर्दै घिमिरेले आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताउनु भयो।
कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने घिमिरेको भनाइ थियो । ‘संसदको सबैभन्दा ठूलो दलले अध्यादेशबाट सरकार चलाइन्छ भन्नेकुरा भन्नुभयो भन्नेकुरा सुनेँ । हाम्रो कानून निर्माण गर्ने प्रक्रिया संसदमा असाध्यै धिमा गतिमा भयो । हामीले दुई वर्षको अवधिमा जम्मा बजेटसँग सम्बन्धित कानून बाहेक ११ वटा कानून निर्माण गरेछौँ । कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित ग¥यो । हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुप-यो । यो मैले भनेको कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो ।’ घिमिरेले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच