![पाथीभरा केबलकार विरुद्धमा पुनः आन्दोलन घोषणा](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Pathibhara-Cablecar-Virudhama-re-agitation-announcement-Hita-fornt-page.jpg)
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गर्नुभएको थियो ।
सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
शून्य समय
यसअघि शून्य समयमा मुलुकको समसायिक विषयबारे प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, मानबहादुर लिम्बू, डोलमा तामाङ, शीला दीक्षित कार्की, विद्या चाम्लिङ राई, कमला थापा मगर र सविना बजगाईँले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
विशेष समय
यसैगरी विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का इन्द्रमणि पराजुलीले प्रदेश सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट शिक्षा नीति बनाउनुपर्ने बताउनुभयो । समृद्धिको आधार शिक्षा नै भएकाले दक्ष तथा योग्य जनशक्ति उत्पादन गर्न स्पष्ट शिक्षा नीतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राजन किराँतीले सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले ताप्लेजुङ घटनाबाट सरकारले पाठ सिक्नुपर्नेभन्दा दिगो विकासका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो । स्थानीयले रुचि नदेखाएसम्म केबलकार निर्माण कार्य रोक्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
यसैगरी नेपाली कांग्रेसकी शोभा चेम्जोङले पर्यटन क्षेत्रको विकास गर्न केबलकार योजनालाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो । उहाँले केबलकार सञ्चालन गर्दा त्यसबाट प्राप्त हुने लाभ स्थानीयको मागअनुसार खर्च गर्ने व्यवस्था गरिनुपर्नेमका जोड दिनुभयो ।
कोशी प्रदेशसभाको अर्को बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच