
गुल्मी । नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले सहकारीको समस्या समाधानका लागि वर्तमान गठबन्धन सरकार लागेको बताउनुभएको छ। तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सहकारी क्षेत्रको बेथितिलाई अन्त्य गर्न चार वटा लेयरबाट वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको हो।
उपमहासचिव ज्ञवालीले पीडितहरुको रकम फिर्ता राउन सरकार दृढतापूर्वक लागिरहेको भन्दै बचतकर्ताहरुको रकम हिनामिना गर्ने नाममा संलग्न जो सुकै भएपनि वर्तमान सरकारले निर्ममतापूर्वक कानुनी कारबाही अगाडी बढाएको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशले अधिकार सम्पन्न सहकारी प्राधिकरण गठन गरेको भन्दै उहाँले सहकारी क्षेत्रका कामहरुलाई रेबुलेसन गर्ने र नियामक निकाय नभएको अवस्थामा भोलीका दिनमा त्यसो नहोस भन्नका लागि बचत सुरक्षण कोष निर्माण गरी बचत रकम फसेमा सोधभर्ना गर्न सक्ने गरी लागेको बताउनुभयो।
त्यस्तै, देशलाई निकास दिने गरी वर्तमान गठबन्धनको सरकार बनेको भन्दै उहाँले देशलाई अस्थिरता हुनबाट जोगाउनुका साथै सुशासन कायम गर्न वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। अहिले देशका दुई ठुला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा ९एमाले० मिलेर बनेको गठबन्धनको सरकाले मुलुकको अस्थिर राजनैतिक व्यवस्था र अर्थतन्त्रलाई गति दिने गरी काम गरेको दाबी गर्नुभयो।
वर्तमान सरकारको उपस्थितिले विकास निर्माणका कामले गति लिएको बताउनुभयो। जनतालाई छिटो छरितो सेवा प्रवाह र देशमै लगानीको वातावरण सिर्जनाका लागि वर्तमान सरकारले अध्यादेश ल्याएको बताउनुभयो। अस्थिरतामा रमाइरहेकाले अहिलेको सरकार ढल्छ भनेर जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको भन्दै उहाँले वर्तमान गठबन्धन सरकार देशमा अस्थिरता आउने गतिविधि हुन नदिने गरी लागेको बताउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच