
कठमाडौं । शाओमीले स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइन संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको हो । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामेरा र लङ लास्टिङ ब्याट्रीसाथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘रेड्मी १३ को मूल्यमा छुट प्रदान गर्न पाउँदा हामी निकै खुसी छौं । रेड्मी १३ कार्यक्षमता, नवीनता र डिजाइनको उत्कृष्ट संयोजन भएको डिभाइस हो । यस मूल्य समायोजनले ग्राहकलाई अझ सन्तुष्ट बनाउने विश्वास हामीलाई छ । प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ साथमा कायम गरेका छौं ।’
कम्पनीका अनुसार रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी प्लस डट डिस्प्लेले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ । ९० हर्जको रिफ्रेस रेट र टियुभी राइनल्याण्डबाट सर्टिफाइड डिस्प्लेले जीवन्त रंग प्रदान गर्नुका साथै आँखालाई आरामदायक दृश्य अनुभव प्रदान गर्छ । १०८ मेगापिक्सेल मुख्य क्यामेरा र दुई मेगापिक्सेल म्याक्रो लेन्स रहेको रेड्मी १३ ले हरेक फोटो स्पष्ट र सटिकरूपमा कैद गर्न सक्षम बनाउँछ भने १३ मेगापिक्सेलको फ्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्छ ।
५०३० एमएएचको लामो समय टिक्ने ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधाले ग्राहकलाई दिनभरिका लागि ब्याट्री पावर प्रदान गर्नुका साथै छिटो चार्ज गर्न पनि सक्षम बनाउँछ । छ जिबी प्लस १२८ जिबीको पुरानो मूल्य १८ हजार नौ सय ९९ रहेकोमा अब १७ हजार नौ सय ९९ र आठ जिबी प्लस २५६ जिबीको पुरानो मूल्य २१ हजार नौ सय ९९ रहेकोमा २० हजार नौ सय ९९ रुपैयाँमै उपलब्ध हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच