![प्रचण्डले गरे धुर्कोट गाउँपालिकाको शहिद पार्कको उद्घाटन](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/prachanda-1-1.jpg)
काठमाडौं । भारतमा चलिरहेको महाकुम्भ मेलामा इन्दौरकी एक माला बेच्ने महिला आफ्नो सुन्दरताका कारण भाइरल हुनुभएको छ । मोनालिसा नाम उल्लेख गरिएकी युवती भारतको मध्य प्रदेशको इन्दौरकी हुनुहुन्छ ।
सामाजिक सञ्जालमा उहाँको तुलना मोनालिसासँग भइरहेको छ । मोनालिसा भाइरल हुनुको कारण उहाँको सुन्दर आँखा हो, जसले मानिसहरूको ध्यान आकर्षित गरिरहेको छ । उहाँले महाकुम्भ मेलामा सबै रुद्राक्ष र क्रिस्टल माला बेच्ने काम र्गनुहुन्थ्यो । तर उहाँ अहिले आफ्नो घर इन्दौर फर्किसक्नुभएको छ ।
भाइरल भएपछि फोटो खिच्न र अन्तर्वार्ता लिन दिनभर युट्युबर लगायतको भिड लागेपछि उहाा त्यहाँबाट फर्किनुभएको हो । दैनिक भास्करसँगको कुराकानीमा उहाँले भाइरल भएपछि आफ्नो व्यपार चौपट भएको र भाडा समेत अरुलाई मागेर फर्किएको बताउनुभएको छ । महाकुम्भमा मोनालिसा बसेको टेन्टमा समेत मानिसहरु प्रवेश गरेपछि अवस्था तनाव ग्रस्त समेत बनेको थियो ।
मोनालिसा भाइरल भएपछि मानिसहरु उहाँको नाम, परिवार, पारिवारिक पृष्ठभूमि, जीवन आदि बारे जान्न उत्सुक छन् । उहाँ यति भाइरल भएकी छिन् कि अहिले उनलाई सिधै फिल्मको अफर समेत आएको छ ।
चलचित्र निर्माता सनोज मिश्रले आफ्नो आगामी चलचित्र द डायरी अफ मणिपुरमा मुख्य अभिनेत्रीको रुपमा काम गर्न उहाँलाई प्रस्ताव समेत गर्नुभएको छ । मोनालिसा र उहाँको परिवारले यो फिल्म गर्न राजी भएका छन् । महाकुम्भ मेलामा रातरात भाइरल भइकी मोनालिसाको जिवन पनि अव परिपवर्तन हुने धेरैले अनुमान गरेका छन् ।
![शहीद दिवस क्रमशः बन्दै छ सरकारी दिवस](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Magh-16-means-Martyrs-Day-Hita-fornt-page-150x150.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच