![आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछ : सांसद सोनाम गेल्जेन शेर्पा](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Sonam-Gyaljen-sherpa.jpg)
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो छ महिनामा कुल बजेटको ३३।६ प्रतिशत मात्र खर्च गरेको छ। गाउँपालिकाले दोस्रो गाउँसभाको छैटौँ अधिवेशनमा अर्धवार्षिक समीक्षा गर्दै यो जानकारी सार्वजनिक गरेको हो।
गाउँपालिकाका अनुसार चालू आर्थिक वर्षको कुल बजेट ६६ करोड २३ लाख ९४ हजार रहेकोमा पुस मसान्तसम्म २२ करोड ३२ लाख ४९ हजार ५९९ रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ ३२.११ प्रतिशत र चालूतर्फ ३४.१८ प्रतिशत खर्च भएको छ भने आम्दानीतर्फ ६०.५८ प्रतिशत प्रगति गरेको छ।
चालू आर्थिक वर्षमा आर्थिक विकासका लागि ३ करोड २४ लाख ४० हजार विनियोजन भए पनि १७ लाख ३ हजार १८४ रुपैयाँ मात्र खर्च भएको छ। सामाजिक विकासतर्फ ४१ करोड २४ लाख ६२ हजार विनियोजन भएकामा १८ करोड ७२ लाख १२ हजार ७८८ रुपैयाँ खर्च भएको छ।
पूर्वाधार विकासमा ८ करोड ७७ लाख ३० हजार विनियोजन भए पनि हालसम्म ९४ लाख ९९ हजार ५४९ रुपैयाँ मात्र खर्च भएको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २ करोड १२ लाख ६६ हजार विनियोजन भएकोमा १६ लाख ३२ हजार ३४४ रुपैयाँ मात्र खर्च भएको छ।
पालिकाको कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १० करोड ८४ लाख ९६ हजार विनियोजन भएकामा हालसम्म ३ करोड ३२ लाख १ हजार ७३३ रुपैयाँ खर्च भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म आन्तरिक आम्दानीतर्फ ३४ लाख र विभाज्यतर्फ १८ लाख संकलन गरेको छ, जुन प्रक्षेपित आम्दानीको ३९.५८ प्रतिशत हो।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले चालू आर्थिक वर्षको अर्धवार्षिक प्रगति सन्तोषजनक रहेको बताएका छन्। बाँकी योजनाहरू समयमै सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयाे, 'समयमै योजना सम्पन्न गर्न समुदायको सहभागिता, पारदर्शिता र इमानदारिता जरुरी छ। जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्नेतर्फ सचेत हुनुपर्छ।'
गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पोडेलले प्रस्तुत गर्नुभएकाे अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ६ महिनामा ९८ वटा योजना सम्झौता भएका छन्।
उपभोक्ता समितिमार्फत ६५ वटा, ठेक्कामार्फत १४ वटा, अन्य संस्थागत तथा व्यक्तिगतमार्फत १९ वटा योजनाहरू सम्झौता भएका छन्। यीमध्ये २० वटा योजना पूर्ण रूपमा सम्पन्न भई भुक्तानीसमेत भइसकेका छन्। उपभोक्ता समितिमार्फत १४, ठेक्कामार्फत २, अन्य संस्थागत तथा व्यक्तिगतमार्फत ४ वटा योजना पूरा भएका छन् भने बाँकी योजनाहरू प्रक्रियामा रहेका छन्।
गाउँपालिकाले विकास योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अनुगमन समितिहरू गठन गरी स्थलगत निरीक्षणलाई तीव्रता दिएको जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले गाउँपालिकाले उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका आधारमा सदुपयोग गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको बताउनुभयो।
उहाँले भन्नुभयो, 'गाउँपालिकाले पारदर्शिता, सुशासन र विकासलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता लिएको छ। सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत प्रभावकारी बनाउने, बजेट कार्यान्वयनलाई गति दिने र हरेक नागरिकको सहज पहुँचमा ल्याउने हाम्रो प्रमुख उद्देश्य हो।'
उहाँका अनुसार पालिकाले बजेट कार्यान्वयनको पारदर्शिता बढाउन अनुगमन संयन्त्रलाई थप सशक्त बनाउनेछ। योजनाहरूको कार्यान्वयनमा कुनै पनि लापरवाही नस्वीकार्ने स्पष्ट पार्दै उहाँले भन्नुभयाे,'जनताको करबाट सञ्चालित बजेटको सदुपयोग हुनु जरुरी छ। योजना तथा विकास निर्माणको प्रभावकारिता सुनिश्चित गर्न हामी हरेक योजनामा निगरानी बढाउनेछौं।'
पालिकाले आगामी दिनमा समृद्धि, दिगो विकास, पूर्वाधार निर्माण, कृषि प्रवर्द्धन, रोजगारी सृजना तथा स्थानीय उत्पादन वृद्धि गर्ने रणनीतिमा प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच