![लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/lumbini-pradesh-sabha.jpg)
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत सहायक हवल्दार युवराज लुईटेललाई पिलास, टेष्टर लगायतका बिद्युतीय सामाग्रीहरु प्रयोग गरेर इलेक्ट्रिसियन सम्वन्धी काम गर्न आउँदैन थियो । तर भोजपुरमा संचालित सुम्निमा बहुप्राबिधिक शिक्षालयमा एक सय ६० घण्टाको बिल्डिङ इलेक्ट्रिसियन तालिम लिए पछि उहाँलाई अहिले बिद्युत जडान लगायतका कामहरु आउन थालेको छ ।
लुईटेलले भन्नुभयो, “केही चलाउन नजान्ने अवस्थामा अहिले तालिममा सहभागी भएपछि बिद्युत जडानका सवै काम जान्न थालेको छु, यसलाई बहालमा मात्र हुदाँ हैन सेवा निबृत हुदाँ समेत प्रयोगमा ल्याउँछु ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा भोजपुरमा सुम्निमा बहुप्राबिधिक शिक्षालयले २० जनाको लागि बिल्डिङ इलेक्ट्रिसियन तालिम संचालन गरेको थियो । नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका १० जनाको सहभागितामा संचालन भएको तालिम बुधवारबाट सकिएको छ ।
सेवा अवधिभर मात्र होइन निवृत्त भएपछि पनि प्रहरीको जीवन सुखद् हुनुपर्दछ भन्ने उद्देश्यले सीपमूलक तालिम प्रदान गरिएको सशस्त्र प्रहरी बल हेड क्वाटर गुल्म नम्वर ५ टक्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अवकास भन्दा अगाडी नै सीप सिकाएर भविष्यका लागि पनि सक्षम बनाउने गरी तालिम संचालन गरिएको हो ।” सेवा निवृत हुनु भन्दा अगाडी नै प्रहरीलाई सीप सिकाउन ‘एक सिपाही एक सीप’ को नारा अहिले कार्यान्वयको चरणमा रहेको छ ।
प्रहरीलाई विद्युतीय दुर्घटना निराकरण गर्न र सेवा अवकास पछि उद्यमी बनाउन संचालन गरिएको एक सय ६० दिने तालिम प्रभावकारी देखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवाराज तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो तालिम सम्पन्न भए पश्चात प्रहरी युनिटमा प्रहरीले नै विद्युतीय समस्या निराकरण गर्ने जनशक्ती उत्पादन भएको छ ।”
तालिममा सहभागि सशस्त्र प्रहरी बाजेन्द्र कार्कीले सेवा अवधिभर विद्युतीय दुर्घटनाबाट मानवीय क्षति रोक्न र सेवा पश्चात आफ्नै व्यवसाय सञ्चालन गर्न यो सीप काम लाग्ने बताउनुभयो । “सीप भएपछि आफ्नै कर्म गर्न त पाइन्छ” कार्कीले भन्नुभयो । तालिम लिएपछि आफुहरुमा उत्साह थपिएको सहभागी प्रहरीहरुको भनाई रहेको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाले सिकेको सिपलाई प्रहरीले सधै प्रयोग गर्नु पर्ने बताउनुभयो । लागानी खेर जान दिन नहुने बताउँदै प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “सिकेको सिपलाई अवकाश पश्चात पनि प्रयोगमा ल्याउनु होला ।” एक सय ६० दिने तालिम २८ दिनमा सकिएको हो ।
सहभागी प्रहरीहरुलाई सुम्निामा बहुप्राबिधिक शिक्षालयका अनिल बस्नेत, अवदेश ओझा लगायतले तालिम दिनु भएको थियो । शिक्षालयका प्रमुख राजिब कुमार ठाकुरले प्रमाणपत्र पाउनु भन्दा पनि तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न सहभागी प्रहरीहरुलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच