जुम्लामा लाखौँ बजेटमा निर्माण गरेका सोलार लिफ्ट आयोजना अलपत्र

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लामा लाखौं बजेटबाट निर्माण गरेका सोलार लिफ्ट सिंचाइ आयोजना अलपत्रमा परेकाछन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरि उपलब्धविहीन अवस्थामा छन् ।

यहाँको तिला गाउँपालिकामा चारवटा, हिमामा चारवटा र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएकाछन् । प्रतिआयोजनामा कम्तीमा ५० लाख भन्दाबढी बजेटमा खर्च गरिएका छन् । तर, अहिले चारवटा आयोजना मात्रै संचालनमा रहेका छन् भने १२ वटा लिफ्ट सिँचाइका आयोजना लथालिंग अवस्थामा छन् ।

तातोपानी गाउँपालिकामा आठवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले दुईवटा मात्रै संचालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताउनुभयो । यहाँ निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँचवर्षे कार्यकालमा निर्माण भएका हुन् । सोलार प्रणालीबाट संचालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालू आर्थिक वर्षमा १ र ६ नम्बर वडामा विद्युतीय प्रणालीबाट संचालनहुने लिफ्ट सिँचाइ आयोजना निर्माणधिन अवस्थामा रहेको गाउँपालिका योजना शाखाका अधिकृत चन्दको भनाइ छ ।

हिमा गाउँपालिकामा चारवटा सोलार प्रणालीमार्फत निर्माण भए पनि अहिले सबै आयोजना संचालनमा नरहेको गाउँपालिका सूचना अधिकारी रतन रावतले जानकारी दिनुभयो ।

सोलार प्रणालीबाट संचालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै सफल भएका छैन । गाउँपालिका-३, मोप्लागाउँमा दुई सय ८५ घरधुरीले सिँचाइ पुग्ने गरी २०७७ सालमा लिफ्ट सिँचाइ आयोजना निर्माण भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको सहयोगमा गाउँमा ५० लाख रुपैयाँमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो । सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने र त्यतिवेलासम्म सिँचाइ गर्न सकिने अपेक्षा गरिएको थियो अहिले प्रयोग विहिन भएको सुचना अधिकारी रावतको भनाइ छ ।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तिलामा चारवटा लिफ्ट सिँचाइ आयोजना हुन । चारवटा आयोजनामध्ये विद्युतीय प्रणालीबाट जडान गरिएका दुईवटा आयोजना मात्रै संचालनमा रहेको बताउनुभयो  ।

जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित (पाखो) २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।

अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्रै खेती भएको छ । जिल्लामा खतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नहुने जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेष गरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाइँदै आएको छ । सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पु‍र्‍याउन एक दशकअघिदेखि नजिकको तिला र हिमा नदी-खोलाको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याएपनि आयोजना दिर्घकालिन रुपमा संचालन हुन नसकेको यहाँका स्थानीयवासि बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?