
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट मोन्टी देसाई बिदा हुनु भएको छ ।
नेपाल क्रिकेट एसोसियसन क्यानले दुई वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएका मोन्टी देसाईको बिदाई गरेको हो । मोन्टीको दुई वर्षको सम्झौता सकिएपश्चात् क्यानले सम्झौता नवीकरण नगरेपछि उहाँको विदाई भएको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्ति जारी गर्दै मोन्टीको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको जानकारी दिनुभएको छ ।
क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमले गरेको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उनलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।
देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त हुुनभएको थियो । त्यसअघि उहाँले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच