
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई ५–१ गोलले हराउँदै आर्सनलले सानदार जित निकालेको हो ।
आर्सनलका लागि मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले एक–एक गोल गरेका थिए । सिटीका लागि एर्लिङ हालान्डले गोल फर्काए ।
यो जितसँगै २४ खेलबाट ५० अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको सिटी ४१ अंकका साथ चौथो स्थानमा छ । २३ खेल खेलेको लिभरपुल ५६ अंकसहित शीर्षस्थानमा छ ।
यस्तै, आइतबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले पनि पराजयको सामना गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग २–० गोलले पराजित भएको हो । क्रिस्टल प्यालेसका लागि दुवै गोल जियान फिलिप माटेटाले गोल गरेका थिए । पछिल्ला ६ सिजनमा ओल्ड ट्रायफोर्डमा क्रिस्टलको यो चौथो जित हो । टोटनहाम हट्सपरले पनि ब्रेन्टफोर्डलाई २–० गोलले नै हरायो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच