
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले शत प्रतिशत सुरक्षित खानेपानीको पहुँच पु-याउन तीन तहका सरकारबीच समन्वयको आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले शत प्रतिशत शुद्ध खानेपानी पु¥याउन संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य, प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य आवश्यक भएको बताउनु भयो । उहाँले सुरक्षित खानेपानीको पहुँच अझै ७३ प्रतिशत नागरिकमा पु-याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले स्वच्छ खानेपानी र सुरक्षित सरसफाई सुविधा प्रत्येक नागरिकको आधारभुत आवश्यकतासँगै दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार भएको बताउनु भयो । उहाँले सबै नागरिकलाई समान रुपमा पु-याउने कार्य अझै चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरुबीच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गरी दीर्घकालिन प्रतिवद्धता सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ६१ प्रतिशत जनसंख्याले मात्रै सुरक्षित सरसफाई सुविधा पाएको बताउनु भयो ।
मन्त्री यादवले १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसंख्याले सुरक्षित सरसाफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको बताउनु भयो । उहाँले राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाई सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘स्वच्छ खानेपानी र सुरक्षित सरसफाई सुविधा प्रत्येक नागरिकको आधारभुत आवश्यकता नभई दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार पनि हो । तर हामीलाई थाहा छ । यो सेवा सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै धेरै चुनौतिपूर्ण छ । यही चुनौतिलाई सम्बोधन गर्दै तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरुबीच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गर्न,दीर्घकालिन प्रतिवद्धता सुनिश्चित गर्नुपर्छ । तथ्याङ्कअनुसार २७ प्रतिशत नागरिकले मात्रै सुरक्षित खानेपानी सेवाको पहुँच पाएका छन् । ६१ प्रतिशत जनसंख्याले सुरक्षित सरसफाई सुविधा पाएका छन् । १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसंख्याले सुरक्षित सरसाफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको छ । यी लक्ष्यहरु हासिल गर्न संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य छ । राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाई सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिवद्धता गर्नुपर्छ । स्थानीय तहहरुसँग समन्वय गरेर नीतिहरु परिमार्जन गर्नुपर्छ ।’
उहाँले हरेक नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने पार्टीबाट निर्णय गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सतप्रतिशत नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने प्रतिवद्धताका लागि मन्त्रीपरिषद्मा प्रश्ताव लैजाने उल्लेख गर्नुभयो । उहाँले सबै राजनीतिक दलका अध्यक्षलाई लिखित प्रश्ताव पठाउने बताउनु भयो । उहाँले तीन तहको सरकारको समन्वयमा काम गर्नसके सरसफाई सेवामा फड्को मार्न सक्ने उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच