जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी ईटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?