भोजपुरमा खुला वि-डिभिजन डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि भोजपुरको आयोजनामा खुला वि–डिभिजन स्तरिय डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर युवा संघले जिल्ला सदरमुकामा रहेको कभर्डहलमा आगामी फागुन ६ र ७ गते खुलावि-डिभिजन स्तरिय डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको संघका जिल्ला अध्यक्ष रविन थापाले जानकारी दिनुभयो ।

जिल्ला तहमा अहिले ब्याडमिन्टन खेलप्रति उत्साह बढदै गएकाले संघको आयोजनामा प्रत्येक बर्ष प्रतियोगिता आयोजना थालिएको अध्यक्ष थापाको भनाई रहेको छ । प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमले नगद रु. २५ हजार, १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?