
कैलाली । कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर हेमराज पन्तलाई धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ ।धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर पन्तलाई बुधबार नागरिक अभिनन्दन गरेको हो । शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको नगर प्रमुख गोपाल हमालले बताउनु भयो ।
धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको छ ।
नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गर्नु भएको हो । नगरप्रमुख हमालले शिक्षा विद् हमालले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताउनु भयो । धनगढीको ट्राफिक चौराहबाट बाजागाजासहित प्राध्यापक पन्तलाई पार्कमोडसम्म ल्याइ एक कार्यक्रमका बिच अभिनन्दन गरिएको हो ।
धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई नागरीक अभिनन्दन गरिएको हो । पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन् ।
१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो । भारतबाट विद्यावारिधि गर्नु भएका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त हुनु भएको थियो । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गर्नु भएको थियो ।
डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाउनु भएको थियो । सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौँ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ । हेमराज पन्तका बुवा खगेन्द्र नाथ आयुर्वेदाचार्य हुनुहुन्थो ।
हेमराज जन्मिएको वर्ष उहाँका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख हुनु हुन्थ्यो । बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो । उहाँले ८ कक्षासम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गर्नु भएको थियो । काठमाडौंको दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास गर्नु भएका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गर्नु भएको थियो । उहाँले शंकरदेव क्याम्पसबाट विकम गर्नुभयो । २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गर्नुयभो ।
२०३१ सालमा १० वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिनु भएका उहाँका दुई छोरा र एक छोरी हुनुुहुन्छ । २०६८ सालमा सरकारले कन्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको स्थापना गरेपछि उहाँ त्यसको रजिस्ट्रार नियुक्त हुनु भएको थियो । चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा हुनुभयो र फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाल्नुभयो । २०७४ सालमा उहाँ सेवानिवृत्र् हुनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच