
सोल्खुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले जनयुद्ध दिवस भन्दै फागुन १ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि सोलु नेपाली कांग्रेसका युवा नेताहरूले आपत्ति जनाएका छन् ।
सहमतिको दस्तावेजको रूपमा रहेको नेपालको संविधानमा कहिँकतै उल्लेख नभएको कसैले नचिनेको कथित जनयुद्ध दिवस भन्दै थुलुङदूधकोशी गाउँपालिकापालिका भर सार्वजनिक बिदा दिनु खेदजनक रहेको युवा नेता नवीज थापाको भनाइ रहेको छ ।
तरुण दलका केन्द्रीय सदस्यसमेत रहनु भएका थापाले भन्नुभयो, ‘लामो समय युद्ध लडेका रामबहादुर थापा ‘बादल’ले त हिंसा दिवस भन्दैछन्, जसलाई युद्ध नै थाहा छैन उसैको ‘खै के भने जस्तो’ उहाँले आक्रोशित हुँदै व्यक्ति हत्या जनयुद्ध हुन नसक्ने भन्दै गाउँपालिकाका जनप्रतिनिधिहरूप्रति नै दुःख व्यक्त गर्नुभयो ।
सोलुका अर्का युवा नेता कैलाश केसीले दलै पिच्छेका दिवसमा दल विशेषले जितेको स्थानमा सार्वजनिक छुट्टी दिनु उदण्डताको परकाष्ठा रहेको भन्दै जनप्रतिनिधिप्रति नै उहाँले कटाक्ष गर्दै भन्नुभयो ‘हिंसाको मतियार’ बनेको आरोप लगाउनु भयो । सामाजिक सञ्जालमार्फत उक्त कार्यको आक्रोश सवत्र व्यक्त हुँदै गरेको छ । सबैले दलका नेताहरूप्रति विरोध जनाएका छन् ।
केसी भन्नुहुन्छ, ‘हाम्रो थुलुङदूधकोशी गाउँकार्यपालिकामा नेपाली कांग्रेसको तर्फबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने, नेपाली कांग्रेसका जिल्ला उपसभापति, महाधिवेशन प्रतिनिधि जस्तो जिम्मेवार पदासिन साथीहरू समेत निर्णयमा सहमति हुनु लज्जाको स्थिति हो ।’ थोरै मात्र नैतिक दायित्वबोध बचेखुचेको छ भन्नुभयो उक्त निर्णय उपर नेपाली कांग्रेसको तर्फबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने साथीहरूबाट असहमति सार्वजनिक होस् र उक्त निर्णय तुरुन्तै खारेज गरियोस् भनेर माग गरिएको छ । सोलु कांग्रेसकै अर्का युवा नेता रोशन थुलुङले नेपाली कांग्रेस थुलुङदूधकोशी गाउँपालिकालका जनप्रतिनिधिहरूले यो विषयमा कडा रूपमा प्रस्तुत भएर नोट अफ डिसेन्ट लेख्नुपर्ने उल्लेख गर्नुभएको छ ।
उक्त विषयमा २०८० पुस १३ गते सर्वोच्च अदालतले न्यायधीशद्वय आन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको उत्प्रेषणको आदेशमार्फत जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेजी गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच