रामबाबुु घिमिरेको ‘म हरेस खानथालेको छुु’ कृतिमाथि सूूक्ष्म चर्चा

बद्रीप्रसाद दाहाल
Read Time = 16 mins

‘मेरा गन्थनलाई मन पराइदिने पाठकहरू नै मेरो प्रेरणाका स्रोत हुन् । स्रोत यथावत् रहेसम्म म बगिरहने छुु । यतिमात्र भन्न चाहन्छुु कि जीवनका घातप्रति-घातबाट विमुख हुन र पुनः पुनः जीवेष्णा प्राप्त गर्न मलाई मेरा निबन्धहरू सहायक बनेका छन्’ । निबन्ध लेखनमा यिनै उदात्त मान्यता राख्ने रामबाबुु घिमिरे आधुनिक नेपाली निबन्ध विधाका अग्ला र सग्ला कलम हुन् । २०११ विसंमा चितवनको चण्डीभञ्ज्याङ वडा-२ मा चन्द्रकुमारी घिमिरे र गम्भीरध्वजका कान्छा पुत्ररत्नका रूपमा आँखा खोलाका यिनी पेशाले प्राध्यापन क्षेत्रमा जीवनका उर्वर समय खर्चिएर यतिखेर निवृत्त जीवनमा साधनासंसारमै सक्रिय रूपलेविचरण गरिरहेका छन् हालसम्म ।

२०१६ सालमा जुुटपानी बसाइँसराइ हुँदै यतिखेर रत्ननगर टाँडी वडा-२ का स्थायी बासिन्दा बनेका यिनी भावपरक, निजात्मक र चिन्तनात्मक निबन्धका अब्बल शब्दशिल्पी हुन् । किशोर वयमा नै कविता विधाबाट लेखकीय दुनियाँमा प्रवेश गरेका यिनी पछिल्लो चरणमा निबन्धकार, कथाकार, समीक्षक, उपन्यासकार तथा मुक्तककारको बहुुआयामिक परिचय दिँदै आएका छन् । एक सफल साहित्यिक पत्रकार र धेरै पत्रिकाहरूका कुशल सम्पादकको भूूमिका निर्वाह उनको जीवनको कर्म बनेको छ । चार निबन्ध संग्रह, एक उपन्यास र एक मुुक्तक संग्रह गरी आधा दर्जन कृतिहरू प्रकाशित छन् । उनका अप्रकाशित कृति दर्जन छन् ।

आज तिनै चिन्तक वा मनीषीद्वारा सिर्जित ‘म हरेस खान थालेको छुु’ भन्ने अठ्ठार निबन्धहरूको संग्रहको आलेखलाई छोटो चर्चा गर्ने धृष्टता गर्दैछु । गहिरा र अग्ला उनका निबन्धको चर्चा गर्नु मजस्तो बाउन्नेको लागि कठिन काम भए पनि यो जोखिमलाई सामना गर्नुु ‘प्रांशुलभ्ये फलेलोभात् उद्बाहुुरिव वामनः’ भने जस्तै एक किसिमको हुटहुटी हो । चितौनको प्रतिष्ठित ऐतिहासिक साहित्यिक प्रतिष्ठान वाल्मीकि साहित्य सदनले यो निबन्धलाई दोस्रो संस्करणको मुहारमा पाठकहरूसामुु प्रस्तुत गरेर कृतिको सम्मान र औचित्यलाई पुनर्पुष्टि गरेको छ ।

पश्चिमी निजात्मक निबन्धधाराका तारा निबन्धकार मोन्तेन आफ्नै माटोका देवकोटा, लामिछाने र भूूपीका निबन्धगत वृत्तिको पदचाप छाम्दै आत्मपरक शैलीमा विचरण गर्ने उनको सिर्जनशील लेखन स्तुत्य, वन्दनीय तथा अनुकरणीय छ भन्दा न्याय ठहर्छ । 

वाल्मीकि साहित्य सदनका तत्कालीन अध्यक्ष वरिष्ठ साहित्यकार केशवराज आमोदी प्रकाशकीय मन्तव्यमा रामबाबुको लेखनवृत्तिबारे बोल्नुुहुन्छ-‘आत्मपरक शैलीको नौलो नमुना, अनुुभूूतिको तीव्रता, अभिव्यक्तिको सरलता र प्रभावकरिताको मनोरम प्रस्तुति निबन्धकार घिमिरेका वैशिष्ट्य हुुन्’ । पश्चिमी निजात्मक निबन्धधाराका तारा निबन्धकार मोन्तेन आफ्नै माटोका देवकोटा, लामिछाने र भूूपीका निबन्धगत वृत्तिको पदचाप छाम्दै आत्मपरक शैलीमा विचरण गर्ने उनको सिर्जनशील लेखन स्तुत्य, वन्दनीय तथा अनुकरणीय छ भन्दा न्याय ठहर्छ ।

‘म हरेस खान थालेको छुु’ कृतिको शीर्षक बनेको यो संग्रह १८ वटा निबन्धका मुुठाहरूको एउटा गतिलो, कसिलो र विनाबोझको ओजिलो भारी हो । क्रम संख्याको दृष्टिकोणबाट पहिलो निबन्ध ‘निष्काम कर्मयोग’ रहेको छ । २०३५ सालमा ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकामा प्रकाशित उनको यो निबन्ध सरल वाक्यमा गम्भीर भावको प्रवाहमान् गति बनेर दौडिएको छ । नितान्त आत्मरक शैलीमा आनुुप्राशिकताको थैली कसेर निष्काम कर्मयोगलाई गम्लङ्ग अँगालो मारेका छन् । हेरौं यी उदाहरणीय केही वाक्य : ‘खोइ मन बहलाउने एउटा मीठो गीत पनि छैन, कसैसित प्रीत पनि छैन, कुनै साथीको अनुहारमा जीत पनि छैन, अमरताको प्रतीक दुुबोमा शीत पनि छैन । भन्छन्, आत्मा अमर छ ।

भोलि त्यहाँ भारी उत्सव हुन्छ, तर म जान्दिन त्यो उत्सवमा को को रुन्छ । तर जे होस् हस्पिटलको एक बेड खाली हुन्छ । मेरो लागि (अझ भनौँ म र मेरा सहयात्रीहरूका लागि) इतिहास मर्छ र भूूगोल भत्कन्छ’ । काव्यात्मक सूूक्ति अनुुभूूत हुने यो गद्यांश हरकोणबाट अतल गहिराइमा डुुबुल्किएको छ । फ्रोइडझैँ तात्ने र गान्धी बनी सेलाउने उनको नैबन्धिक मनोवेग मजस्तै लर्तराहरूलाई भेग पाउनै गाह्रो छ । निष्काम कर्मवादमा अनुरक्त लेखकीय मन फलप्राप्तिमा निस्पृह छ । झन्नै पाँच सय शब्दमा रचित यो छोटो निबन्धले पाठकको मनमस्तिष्कलाई गजबको झञ्झावातमा उडाइदिन्छ ।

दोस्रो निबन्ध ‘जीवनको गोरेटोको सन्दर्भमा’-ले असंख्य मानवका जिन्दगीले वास्तविक बाटो पहिल्याउन कठिन भएर दिग्भ्रमित भएको उहापोहयुक्त मानव मनोदशाको कलात्मक चित्र उतारेको छ । लक्षणा र व्यञ्जना शब्दशक्तिमार्फत मडारिएका निबन्धकारका विचारका ज्वारले जीवनका दुुर्दशालाई खँदिलो चित्रण गरेका छन् । रामबाबु वास्तविक अनुुभूूतिप्रकट गर्दै विरेचेतिर हुन्छन् यो अनुच्छेदमा : ‘आशीर्वाद क्रयविक्रय हुन्छ तर म सम्झन्छु मेरी आमाले टाउको माथि हात राखी आशीर्वाद दिएकी । स्वर्ग हो आमाको गर्भ ! जहाँ म दश महिना बसेँ ।
म जन्मपश्चात् यस कारण रोएँ कि तब मेरोअगाडि खाने बस्ने र लगाउने विकराल समस्या एकाएक खडा भए । आमा जसले मलाई अमृत चुसाइन् । जुन दिन विज्ञानले प्रयोगशालामा व्यवसायिक रूपमा मानव वच्चा जन्माउने छ त्यो दिन मानव इतिहासको अन्तिम दिन हुनेछ । सम्भवतः पञ्चाङ्ग निर्माण समिति विघटन गरिनेछ । कुन्नि कुन पुस्तकमा हो, पढेथेँ युवती र जोतिषीमा केही अन्तर छैन दुवै पञ्चाङ्ग देखाएर ठग्छन्’ । यहाँ मातृममताको उदात्त गौरवगाथा गाउँदै विज्ञानले प्राकृत प्रजनन्मा बोल्ने धावालाई सपाट उभ्याएर गम्भीर प्रश्न तेस्र्याएका छन् भने ठगी व्यवसायीमा तिखो छडीले सोठ्याएका छन् चिन्तनशील निवन्धकार रामबाबुुले । अर्को ‘दुुई शब्द कवि कटुवालको सम्झनामा’ भन्ने निबन्धले अदम्य क्रान्तिकारी र अग्रगामी वैचारिक धरातलका काव्यशिल्पी कटुवालको व्यक्तित्वलाई सूूत्रात्मक परिचचार्मा रसिक ढङ्गले खोतलेका छन् ।

विसङ्गत जीवनलाई लालित्यपूूर्ण वाक्यका शय्यामा सुताएर श्रुति मधुरता, आनुप्रासिकता, आत्मपरकताका कलात्मक सम्मोहनीले पाठकलाई लठ्याउने उनका छोटा आकारका मोटा र गहिरा भाव पस्कने ‘म हरेस खान थालेको छुु’ निबन्धलगायत अन्य निबन्धहरू पढ्नै पर्ने कोटिका छन् । 

यो निबन्धकै मूूल शीर्षक बनाइएको ‘म हरेस खान थालेको छुु’ मा कलात्मक वैयक्तिकता, वर्तमान समयको विसङ्गति, भोगाइका कटुु व्यवहार, प्रबल उज्यालो वैचारिकताको पुट, तार्किक रोचकता र दृढ आत्मबललाई छर्लङ्ग पारिदिएका छन् । चिन्तनपरक यो निबन्धका हरेक उद्धरणभित्र हराइरहूँ भन्न खोज्छ पाठक मन । कति सुुस्वादुु र भयभीत पार्ने यो अनुुच्छेद : हामी आजकल छोराछोरी होइन समस्या जन्माइरहेका छौं । मलाई भर्खर जन्मेको छोरा हेर्दा लाग्छ कहीँ यो स्मग्लर बन्ने त होइन वा दश वर्ष नपुुग्दै स्म्याक खाने त होइन वा रक्सी खाने पैसा नपाई वृद्ध पितामाथि नै ताइकान्दो प्रयोग गर्ने त होइन ? अँ, स्मग्लिङ गर्नु स्म्याक खानुुभन्दा राष्ट्रको चिन्तन गरी हरेस खानुु राम्रो होइन र ममात्र होइन तपाईंले पनि हरेस खानुुपर्ने अवस्था छ’ ।

यस भनाइभित्र समय समयका शासकका अदूरदर्शीपन, म खाऊँ मै लाऊँको चरम स्वार्थवाद र भावी नव पुस्तालाई सदाचारी बनाएर देशमा बस्न हुने वातावरण तयार गर्न सरकार नामधारीलाई चेतावनी दिएकाछन् भने बढ्दो भगौडावाद र आप्रवासनप्रति पनि तीव्र कटाक्ष छ । त्यसैगरी ‘स्मृति रेखाङ्कन, आकर्षण एउटी नारीप्रतिको, प्रौढावस्था, प्लिज एक चान्स, नगदनारायण, व्यवहारिक मान्छे, पेशाले म विद्वान् हुुँ, टिपिएका केही क्षणहरू, नायिकाको खोजीमा, मबाट लेखिने सम्भावना छैन, आमा नै मरिन्, आदि निबन्धहरूका प्रक्षेपित कथानकमा मनोवैज्ञानिकता, समाजमा विद्यमान भिन्न भिन्न तप्काका पात्रहरूको चरित्र, तितो भोगाइ, नितान्त आत्मपरक शैलीमा प्रथम पुरुषको प्रधानता दिएर निबन्धलाई आस्वाद्य बनाएका छन् ।

‘एकलव्य र द्रोणाचार्य अनि म’ भन्ने निबन्धमा महाभारतको कथानकलाई सिरानी हालेर प्रथम पुरुष दृष्टिबिन्दुमा मको भोगाइलाई सिरिखुरी विरेचन गर्दै रमरम बौद्धिकता र आलंकारिक चमत्कृतिले पठनीय बनाएका छन् । निबन्धको अन्तिम ध्वन्यात्मक अनुुच्छेदलाई उल्लेख गरुँ : ‘ए मेरा एकलभ्य हो, तिमीहरू आफैं सोच, आफैँ विश्लेषण गर म त भ्रम सिर्जना गर्नको लागि ठड्याइएको बुुख्याचा हुुँ । भ्रम सिर्जना नै मेरो सफलताको कथा र गाथा छ । म निरन्तर भ्रम सिर्जनामा तल्लीन छुु । अनि सही कुरा नै भन्ने हो भने म आफै भ्रममा छु’ ।

भूूपी शेरचन र शंकर लामिछानेलाई बिम्ब बनाएर व्यञ्जनाको मसीमा भित्री मको दसीलाई फुुत्तै झारिदिएका छन् निबन्धकारले ।
अर्को अत्यन्त रोचक निबन्ध ‘म आस्तिक हुँ कि नास्तिक हुुँ’-ले वैचारिक अन्योलतामा रिँगेका ढोँगी र पाखण्डी जमातको शल्यक्रिया चर्को शैलीमा गरेको छ । सबै निबन्धहरू निजात्मक निबन्धको रस्यौटोबाट खारिएका माझिएका परिष्कृत भएका छन् । यस्ता निबन्ध उच्च शिक्षालयको पाठ्यक्रममा राख्नु अनिवार्य छ । प्रतिभा पुरस्कार, (चितौन साहित्य परिषद्) नारायणी वाङ्मय पुुरस्कार (नारायणी वाङ्मय प्रतिष्ठान वीरगञ्ज) राष्ट्रिय शिक्षा पुुरस्कार, चिसाप खेमलाल लामिछाने पुुरस्कार, अदिबाट सम्मानित रामबाबुको देवकोटा लामिछाने र भूूपीकै लेखनको तलतल मेटाउने अमोघ क्षमता वन्दनीय छ ।

उनको लेखनको प्रौढता मापन गर्न अझै विभिन्न स्थापित प्रतिष्ठान, संघसंस्था तथा स्वयं सरकारसमेत पछि परेको त छैन ? भन्ने प्रश्नहरू पनि तेर्सिएका छन् । १८ वर्ष प्राध्यापनमा संलग्न रहेर आफ्नो प्राध्याकीय प्राज्ञिक प्रवीणता, क्यापसचिफको प्रशासकीय पदमा आसीन हुँदै दक्ष प्रशासको प्रतिभा प्रदर्शन गरेका रामबाबु अन्तरमुखी स्वभावका भद्र पुरुष हुन् । चितौननिवासी वरिष्ठ छन्दकवि, आख्यानकार, गजल र मुुक्तकार धनराज गिरीका शब्दमा ‘रामबाबुु सर, सज्जन शीतल चौतारी हुन्, शान्त, दान्तर कान्त उनको स्वभावले मेरो तनावलाई निर्मूूलीकरण र सिथिलीकरण गर्ने तागत राख्छ, उहाँ मलाई सधैं भन्नुहुन्छ : यो मान्छे मेरा तमाम अवगुण हुुँदा पनि किन मलाई मन पराउँछ ?’ ।

विसङ्गत जीवनलाई लालित्यपूूर्ण वाक्यका शैøयामा सुताएर श्रुति मधुरता, आनुप्रासिकता, आत्मपरकता कलात्मक सम्मोहनीले पाठकलाई लठ्याउने उनका छोटा आकारका मोटा र गहिरा भाव पस्कने ‘म हरेस खान थालेको छुु’ निबन्धलगायत अन्य निबन्धहरू पढ्नै पर्ने कोटिका छन् । अन्त्यमा उहाँको उत्तरार्ध, स्वस्थ, चुुस्त, दुरुस्त बनेर साधनाको संसारमा रमाइरहोस् । एउटा होनहार प्राज्ञमा प्रणाम, अस्तुु ! ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?