बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताउनुभएको थियो । साथै सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सङ्घीय संसदको दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । सो विषयमा समेत उहाँहरुबीच सकारात्मक छलफल भएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?