
काठमाडौं । रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गतको रिलायन्स इन्टरनेसनल एकेडेमी चाबहिलले रेन साइन्स फेयर एफटी, लिटरेचर फेष्ट आयोजना गर्ने भएको छ । फागुन १ देखि ३ गतेसम्म सञ्चालन हुने फेष्टमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधि समेटिने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । फेष्टमार्फत् करिब पाँच हजार विद्यार्थीहरू लाभान्वित हुने आयोजकको अपेक्षा छ ।
आयोजकका अनुसार विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु फेष्टको प्रमुख उद्देश्य रहेको छ । फेष्टमा ४९ स्टल रहनेछन् । फेष्टमा अन्य विद्यालयस्तरीय विज्ञान प्रदर्शनीहरूका साथै आर्ट पेन्टिङ, एचएम स्टल, फेस पेन्टिङ, फुड स्टललगायत पनि रहने बताइएको छ ।
फेष्टका प्रमुख आकर्षणमा कस्तुरी मृगको संरक्षण र दिगो व्यवस्थापन, तितलीहरूको संसार, स्मार्ट सिटीअन्तर्गत सौर्य तथा वायु ऊर्जा उपयोग, आपतकालीन प्रतिक्रिया प्रणाली, ज्वालामुखी विस्फोट प्रभाव, स्मार्ट सिँचाइ प्रणाली, रजस्वला चक्रको वैज्ञानिक व्याख्या, साहित्यिक अन्तरक्रिया तथा विशेष कार्यक्रम रहने बताइएको छ । सो अवसरमा ख्यातिप्राप्त उपन्यासकार अमर न्यौपाने र उद्धव प्याकुरेलसँग विशेष अन्तरक्रियासमेत सञ्चालन हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच