
काठमाडौं । डिसहोमले इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहक लक्षित ‘समर स्पिड’ अफर ल्याएको छ । अफरअन्तर्गत सय एमबिपिएस, दुई सय एमबिपिएस र तीन सय एमबिपिएसका वार्षिक तथा २४ महिने प्याकेजमा थप तीन महिना बोनस सुविधा उपलब्ध हुनेछ ।
साथै डिसहोम इन्टरनेट वार्षिक जडानमा निःशुल्क फाइभ-जी राउटर प्राप्त गर्ने अवसर पनि रहेको छ । अफरका अनुसार डिसहोम इन्टरनेटको सय एमबिपिएस वार्षिक जडान भ्याटसहितको आठ हजार पाँच सय, दुई सय एमबिपिएस वार्षिक जडान भ्याटसहित ११ हजार पाँच सय र तीन सय एमबिपिएस वार्षिक जडान भ्याटसहित १३ हजार पाँच सय रुपैयाँ रहेको छ ।
अफर नयाँ र पुराना ग्राहकका लागि समानरूपमा उपलब्ध हुनेछ । पुराना ग्राहकले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले वार्षिक इन्टरनेट जडान गर्दा अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच