
काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को साधारण सभाले जनक शिक्षा सामग्री केन्द्रका रामविनय श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जनक शिक्षा सामग्रीका रामबहादुर कुँवर, सचिवमा कृषि विकास बैंकका मणिराम ढुंगेल र कोषाध्यक्षमा साम्राज्य शाक्य रहनुभएको छ ।
दुग्ध विकास संस्थानका भूवन त्रिपाठी, नेपाल वायु सेवा निगमका शिशीर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका टेकबहादुर बुढा, नागरिक उड्डयन प्राधिकरणका साहासन कायश्थ, नागरिक लगानी कोषका अनिल बस्नेत, नेपाल बैंक लिमिटेडका मोहन श्रेष्ठ र नेपाल प्रज्ञा प्रतिष्ठानका ऋषिराम गिरी सदस्यमा चयन हुनुभएको छ ।
साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीलगायतको उपस्थिति रहेको थियो । साधारण सभामा १९ संस्थाका ३८ प्रतिनिधि उपस्थित थिए । इसानमा २२ संस्था आबद्ध छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच