हिमालयन लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

Read Time = 1 min

काठमाडौं । गायन रियालिटी शो हिमालयन लोकस्टारको उपाधि बलराम विश्वकर्माले जित्नुभएको छ । बुधबार सम्पन्न ग्राण्ड फिनालेमा विश्वकर्माले अन्य पाँच फाइनलिष्टलाई पछि पार्दै उपाधि जित्न सफल हुनुभएको हो । उपाधिसँगै विश्वकर्माले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।

यस्तै, लोकस्टारको उपविजेता पिएन साइँला बन्नुभयो । उहाँले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रूपमा कुमार बस्नेत र गुरुको रूपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?