
कालीकोट । शनिबारदेखि माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका तिलागुफा ४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ।
प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताउनुभयो ।
२४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो) थापेका थिएँ । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच