
गणतन्त्र र धर्मनिरपेक्ष स्थापना भएको २७ वर्ष नपुग्दै आजकल राजतन्त्र र हिन्दुराज्यको पक्षमा जनमत निर्माण हुँदैगरेको आभास मिलेको छ । यसको पछाडिको रहस्य के हो भनेर घोत्लिरहनु पर्दैन प्रष्टै छ दलहरूको अकर्मण्यता र असक्षमता । यस कुरामा दलहरू पनि असहमति राख्दैनन् । तथापि आफ्ना जघन्य गल्ती करेक्सन गर्नुको सट्टा एकपछि अर्को भुल गर्दै गरेको अवस्था सबैले महसुस गरेकै छन् । जति-जति प्रमुखदलहरूले गल्ती वा भुल गर्दै जान्छन् त्यति-त्यति पूर्वराजा र राजतन्त्रवादीहरू थप उत्साहका साथ संगठित हुँदै जाने कुरा स्वाभाविक नियम जस्तै हो ।
पुराना दलहरूको विकल्पमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भ्रष्टाचारजन्य अपराधमा मुछिएपछि अबको विकल्पको रूपमा राजतन्त्रवादीहरू आउनसक्ने सम्भावना नकार्न सकिँदैन । पूर्वराजा ज्ञानेन्द्रको जे जस्तो चरित्र भए पनि लामो बिरासतका कारण क्षम्य र पाच्य हुनसक्ने देखिन्छ । यस्तो स्थिति आउन स्वयं गणतन्त्रवादीहरूका आपसी मनमुटाव र मनोमालिन्य नै प्रमुख कारक हुन् । यिनीहरूकै (दलहरू) असमझदारी र असहिष्णुताले आज आमनेपाली नागरिकहरूमा देखिएको निराशा र चरम असन्तुष्टिले गणतन्त्र धान्न हम्मेहम्मे हुने देखिँदैछ ।
कथं नागरिकहरूको निराशा र चरम असन्तुष्टि आक्रोशमा परिणत भयो भने के हुन्छ यसै अनुमान गर्न सकिन्छ । यस्तो अस्थिर राजनीतिक वातावरण बन्दा धमिलो पानीमा माछा मार्ने तथ्य छर्लंग देख्न सकिन्छ । आजभोलि कांग्र्रेस-एमालेको एकता सुखद् जस्तो देखिए पनि माओवादी केन्द्रका अध्यक्ष क.पुष्पकमल दाहालका गतिविधि त्यति स्वाभाविक छैनन् । अहिलेको वातावरणले राजतन्त्र र धर्मनिरपेक्षवादीलाई मलजल गरिरहेको भ्रष्टाचारजन्य अपराधमा रास्वपा सभापति रवि लामिछानेलाई राज्यले पूर्वाग्रह नराखोस् भन्ने हदसम्म त ठीकै भए पनि ढाल नै भएर उभिनुले भोलिका दिनमा सम्पादन गर्नुपर्ने दायित्वमा अप्ठ्यारो आइलाग्न सक्नेतर्फ ध्यान दिएको देखिँदैन ।
राजा महेन्द्रले संसदीय व्यवस्था विघटन गर्दा बीपी कोइरालाका कतिपय आफ्नै निकट भनिएका साथीहरूले राजा महेन्द्रको कदमलाई स्वागत मात्रै गरेनन् साथ पनि दिएका थिए । हो, यस्तो स्थिति नआउला भन्न सकिने अवस्था अहिले पनि छैन । अहिले हरेक ठूला पार्टीमा धेरै विग्रह देखिएको छ ।
सत्ताबाट हात धुनुपरेको छट्पटमा पनि आफ्नो संयम नगुमाई आगामी दिनको बाटो तय गर्नु एक असल र दुरगामी नेतृत्वको परिचायक हो न कि क्षणिक आबेग र उत्तेजक प्रवृत्ति होइन । यस्ता खाले गतिविधिले गणतन्त्र र धर्मनिरपेक्षतावादीलाई बल पुर्याउँछ । सत्तारूढ दलहरूप्रति प्रतिपक्षदलहरू मात्रै होइन आमनागरिकमा वितृष्णा छ । तथापि प्रतिपक्षदलहरू पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ । यदि सत्तपक्ष र प्रतिपक्ष दुईले यस्तै-यस्तै गतिविधि प्रदर्शन गर्दै जाने हो भने निःसन्देह यिनीहरूबाट गणतन्त्रले स्थायित्व हुँदैन । पूर्वराजा ज्ञानेन्द्र खुलेर मैदानमा आउने हो भने गणतन्त्रवादी भनेर चिनिएकाहरू तिल्मिलाउन कत्तिबेर लादैन । पछाडि फर्केर हेर्यो भने पनि त्यसबाट केही पाठ सिक्न सकिन्छ ।
राजा महेन्द्रले संसदीय व्यवस्था विघटन गर्दा बीपी कोइरालाका कतिपय आफ्नै निकट भनिएका साथीहरूले राजा महेन्द्रको कदमलाई स्वागत मात्रै गरेनन् साथ पनि दिएका थिए । हो, यस्तो स्थिति नआउला भन्न सकिने अवस्था अहिले पनि छैन । अहिले हरेक ठूला पार्टीमा धेरै विग्रह देखिएको छ । पार्टीहरूमा आएको विचलन नै अवसरवादको परिणाम हो । यस तथ्यलाई गम्भीरतापूर्वक नलिने हो भने गणतन्त्र गुम्न सक्ने खतरा रहिरहन्छ । विकास र समृद्धिमा एकलब्य भएर युद्धस्तरमा लाग्नुपर्ने समयमा सत्ताको छिनाझपटीमा मात्र लाग्दा निश्चित रूपमा राजतन्त्रवादीमा ऊर्जा थपिनु स्वाभाविक हुन जान्छ । राजनीतिक दलहरूले बिर्सनै नहुने कुरा बिर्सेजस्तो गरेका छन् ।
त्यो हो सिद्धान्त र विचार । सिद्धान्त र विचारका सामु व्यक्ति गौण हो तर विडम्बना यहाँ त सिद्धान्त र विचार गौण ठानिँदै-मानिँदै आएको छ । यही कारणले हरेक पुराना पार्टीहरूमा सिद्धान्त र विचारलाई भन्दा व्यक्ति महान् मानिँदै छ । नयाँ उदीयमान पार्टीमा त झनै व्यक्तिपूजा देखियो । आमनेपालीको चाहना थियो, छ पनि कम्तीमा नयाँ पार्टीमा त्यस्तो नहोस् । पार्टी चल्ने मूल आधार भनेकै राजनीतिक सिद्धान्त र विचार हो । यसरी पार्टीहरू चलेको अवस्थामा पार्टी, देशले गति समात्ने पक्का हुन्छ । दुर्भाग्यवश आज नयाँ पुराना सबै दल सही बाटो समाउन सकिरहेका छैनन् ।
यस्तो परिस्थितिमा प्रतिक्रान्तिका खेल हुने सम्भावना बढेर जान्छ । परिस्थिति अनुकूल देखेर नै पूर्वराजा र राजावादीहरू राजतन्त्र फर्काउन लागिपरेका तथ्यहरू सामाजिक सञ्जालबाट खुल्दै आएका छन् । अर्कोतर्फ हिन्दु अधिराज्य स्थापनाको प्रयाश पनि जोड्तोडले चलाइरहेका छन् । यी सब घटनाक्रमलाई विश्लेषण गर्दै गणतन्त्रको स्थायित्व र समृद्धिको अभियानलाई चुस्तदुरुस्त बनाउनेतिर लाग्नुको अर्को विकल्प छैन । नत्र प्रतिक्रान्तिका बुटहरू गणतन्त्रवादीका छातीमा बजारिने सम्भावना देखिन्छन् । छिटफुट रूपमा राजतन्त्र र धर्मनिरपेक्षका आवाज उचो स्वरमा सुनिँदैछ । समयमै त्यस्ता स्वरहरूलाई निष्क्रिय बनाउन नसके गणतन्त्रका आवाज स्वतः मधुरा हुने निश्चित हुन्छ ।
जबसम्म गणतन्त्रवादीहरूबाट जनताका आवश्यकता सम्बोधन गर्न सकिँदैन तबसम्म गणतन्त्रमाथिको खतरा रहिरहन्छ । दुई कारणले व्यवस्थामाथि आक्रमण भएको छ । पहिलो हो भ्रष्टाचार र दोस्रो जनताका आवश्यकता सम्बोधन नहुनु । यिनै दुई कारण देखाई राजतन्त्र र धर्मनिरपेक्षताको पक्षमा जनमत निर्माण हुँदैगरेको अवस्था छ ।
यसर्थ अब दलहरूले पश्चगामी कदमहरूलाई बल प्रयोग गरेर होइन आफ्ना प्रतिबद्धता पूरा गर्दै जनताको विश्वास आर्जन गर्न सक्नुपर्छ । गणतन्त्रमा राज्यशक्तिको प्रयोग कमभन्दा कम हुनुपर्छ ताकि आमनागरिक भय र त्रासमुक्त हुन सकून् । गणतन्त्र भन्नुहोस् वा लोकतन्त्र जे भने पनि समाज भय र त्रासमुक्त नै बनाउने हो । समाज विकासको क्रमः यही ढंगले अगाडि बढ्ने हो । भय र त्रासमुक्त समाजले मात्र विकास र समृद्धिका पाइलाहरू द्रुतगतिमा चल्ने गर्छन् । अहिले देशमा जुन स्थिति मौजुद छ यसबाट सन्तुष्टि लिने ठाउँ पटक्कै देखिँदैन ।
यदि विकास निर्माण र समृद्धिको आँधीबेहरी अनि सुशासन ल्याउन सकेनौं भने दुःखका साथ भन्नुपर्छ कि यी दलहरू निकम्बा र असक्षम हुन् । पंक्तिकार पनि पहिलो र दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भएकाले लोकतन्त्र, गणतन्त्रप्रति अगाध विश्वास र माया भएर नै यसको स्थायित्वका लागि चिन्ता प्रकट गरिएको पनि हो । नेपालमा गणतन्त्र स्थापनाका समयमा राजतन्त्रवादीहरू शीतकालका जुका जस्तै भएका अहिले गृष्मकालमा मुन्टो उठाउँदै छन् । त्यसले गणतन्त्रका विरोधीलाई अर्थात् आफ्नाविरोधीलाई त्यति कमजोर मानेर हेप्नु हुँदैन । शत्रुलाई कमजोर ठानेर होच्याउने भुल गर्नु अर्को भुल हो ।
गणतन्त्रविरोधी शक्तिलाई राज्यको बल प्रयोग नगरी जनताका चाहना र आवश्यकता पूरा गर्दै असन्तुष्टलाई सन्तुष्ट पार्दै लानु सरकारको कर्तव्य हो । आज जनताको निराशा र असन्तुष्टिलाई हतियार बनाएर गणतन्त्रमाथि हमला गरिँदै छ । त्यसैले जनताको निराशा, असन्तुष्टिलाई भड्काएर प्रतिक्रान्तिका तानाबाना बुन्ने मौका दिनु हुँदैन । जबसम्म गणतन्त्रवादीबाट जनताका आवश्यकता सम्बोधन गर्न सकिँदैन तबसम्म गणतन्त्रमाथिको खतरा रहिरहन्छ । दुई कारणले व्यवस्थामाथि आक्रमण भएको छ । पहिलो हो भ्रष्टाचार र दोस्रो जनताका आवश्यकता सम्बोधन नहुनु । यिनै दुई कारण देखाई राजतन्त्र र धर्मनिरपेक्षताको पक्षमा जनमत निर्माण हुँदैगरेको अवस्था छ ।
यस अवस्थालाई मध्यनजर गर्दै परिवर्तनकारी शक्ति पद्धतिको स्थायित्वको लागि गम्भीर हुन आवश्यक छ । रास्वपा जस्ता पछि जन्मिएका पार्टीलाई त ‘आउला त बाउको जाला त साहुको’ भने जस्तै हो । किनकि उनीहरूको लोकतन्त्र र गणतन्त्र स्थापनामा कुनै योगदान नै छैन । हेर्दै जाऊँ भोलि कुनै शक्तिले राज्यसत्ता हातमा लियो भने सबभन्दा पहिले दीपवली गर्ने त्यही रास्वपा हुनेछ । यसकारण माओवादी केन्द्रले गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादीकै साथ र सहयोग चाहिन्छ भन्ने कुरा बिर्सनु हँुदैन । क्षणिक सत्ताको पछि लागेर पद्धति गुम्न सक्ने खतरातिर ख्याल गरौं । छिटफुट राजतन्त्रका पक्षमा संगठन हुँदैगरेको देखिँदै छ । यसलाई गम्भीर भएर हे¥यौं भने प्रष्ट देखिन्छ । छिटफुट सुनिँदै गरेका घाइँघुइँ भोलि सत्य पनि हुनसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच