
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक लेखासमितिको गलत निर्देशनका कारण १८ महिनादेखि आइपिओ रोकिएको भन्दै नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरी सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।
इप्पान अध्यक्ष गणेश कार्कीले लेखासमितिले आफ्नो क्षेत्राधिकारबाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ४२ कम्पनीको आइपिओ र ३० भन्दा बढी कम्पनीको हकप्रद सेयर गरी ५० अर्बभन्दा बढीको सार्वजनिक निष्कासन रोकिएको जानकारी गराउनुभयो ।
इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले बोर्डले डेढ वर्षदेखि सार्वजनिक निष्कासन रोक्दा जलविद्युत् आयोजनाको काममात्रै प्रभावित नभएर जलविद्युत् आयोजनालाई सिमेन्ट डण्डीलगायतका सामान बेच्ने उद्योगको व्यवसायमा समेत ह्रास आई समग्र अर्थतन्त्रलाई नै संकुचित बनाएको बताउनुभयो ।
प्रमुख सचेतक घिमिरेले विकासका सम्पूर्ण ढोका खोल्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै इप्पानले उठाएका सबै विषयमा संसद्मा आवाज उठाउने आश्वासन दिनुभयो । नेपालको विकास नहुनुका कारण नै समाजवादको नारा भएको टिप्पणी गर्दै कुनै व्यापारीले दुई–चार पैसा कमाउनेबित्तिकै चोर फटाहा देख्ने अवस्था सिर्जना हुनु दुर्भाग्य भएको पनि उहाँले बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच