धारिलो हतियार प्रहारबाट धादिङमा एक महिला गम्भीर घाईते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ दार्खामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाईते हुनुभएकाे छ ।

कानमा आएर कराएको निहुँमा ३० वर्षिय सागर पौडेलले ३५ वर्षिया अञ्जु सिंखडालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

गम्भीर घाईते सिंम्खडाको कामाडौंको ट्रमा सेन्टर उपचार भईरहेको छ । सिम्खडाको टाउँको र हातमा गम्भीर चोट लागेको प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो । खुकुरी प्रहार गर्ने पौडेललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?