अनेमसंघ भोजपुर अध्यक्षमा जोत्सना

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ (अनेमसंघ) भोजपुरको दोस्रो जिल्ला अधिवेशनले जोत्सना राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्ला सदरमुकाममा भएको अधिवेशनले राईको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटि चयन गरेको हो । अधिवेशनले सर्वसम्मतरूपमा नेतृत्व चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा निर्मला राई र मेरिका राईलाई चयन गरेको छ भने सचिव अनिता राई, उपसचिव बिनिता राई र कोषाध्यक्षमा संगीता कडेल निर्बिरोध निर्वाचित हुनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?