
काठमाडौं । स्किल सेवाले नेपालमा पहिलोपटक राष्ट्रिय घर निर्माण फेष्ट २०८१ आयोजना गर्ने भएको छ । नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवा एउटै छानामुनि समेटेर प्रदान गर्ने उद्देश्यसाथ हुने फेष्ट निर्माणसम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गर्ने अभूतपूर्व अवसरका रूपमा प्रस्तुत गरिएको छ ।
फेष्टमा घरधनी, निर्माण व्यवसायी, इञ्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधि सहभागी हुनेछन्, जसमा विभिन्न निर्माणसम्बन्धी कम्पनीका स्टल रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फेष्टमार्फत् कम्पनीले घर निर्माण गर्दा खर्च कम गर्ने उपायबारेमा बताउनेछ जसमा कस्तो खालको सिमेन्ट, इँटा, डण्डी, ग्लास, टायल्स प्रयोगबारे पनि सिकाउनेछ । आयोजकका अनुसार फेष्टमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थान सदुपयोग, ऊर्जा बचत तथा हावापास, उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति हुने बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष रमेश तिमल्सिनाले भन्नुभयो, ‘हरेक व्यक्तिका लागि आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो, त्यसैले सम्पत्तिलाई भरपर्दो, सुरक्षित र दिगो बनाउनु अत्यावश्यक छ ।’ फेष्ट फागुन १५ देखि १७ गतेसम्म बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच