
काठमाडौं । नेपाली महिला फुटबल टोली फेरि एकपटक फाइनलमा पराजित भएको छ । घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको हो । १५ वर्षमा १३औं फाइनल खेलेको नेपाल म्यानमारसँग २-० गोलले पराजित भयो । १३ पटक फाइनल खेलेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन । म्यानमारलाई उपाधि जिताउन यु पर खाङ र विङ तेइन्जी तुनले एक/एक गोल गर्नुभएको हो । खाङले ६२औं र तुनले ६५औं मिनेटमा गोर गर्नुभएको थियो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । नेपालले धेरै पटक गोल गर्ने अवसर पाए पनि गोल निकाल्न सकेन । फिनिसिङमा चुक्दा नेपालले कुनै पनि गोल गर्न नसकेको हो ।
नेपालसँग घरेलु मैदानमै फाइनलमा म्यानमारलाई हराएर गत कात्तिकमा साफ च्याम्पियनसिपको फाइनलमा हारेको बदला लिएर उपाधि जित्ने अवसर थियो । सन् २०१० यता नेपालले १३ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा फाइनल खेलिसकेको छ । तर, हालसम्म सफल भने हुन सकेको छैन । फाइनलमा असफल हुँदा नेपाल सधैँ उपविजेतामा सीमित हुन पुगेको छ ।
गत कात्तिकमा भएको साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा घरेलु मैदानमा बंगलादेशसँग पराजित भएको थियो । यसअघि गत वर्षको फागुनमा भएको वेस्ट एसियन फुटबल फेडेरेसन वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल जोर्डनसँग पनि फाइनलमा हार बेहोर्नुपरेको थियो । प्रतियोगिताको लिग चरणमा नेपालले किर्गिस्तान र लेबनानलाई समान १-० गोलले पराजित गर्दा म्यानमारले भने तीनै देशमाथि शानदार जित दर्ता गरेको थियो । फिफा वरीयतामा नेपालभन्दा म्यानमार धेरै माथि छ । नेपाल १०३ र म्यानमार ५५औँ स्थानमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच