
काठमाडौं । एसिया प्रशान्त सुरक्षा संघ नेपाल (आप्सा नेपाल)ले आगो तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । चैत २४ र २५ होटल याक एण्ड यतिमा सम्मेलन तथा प्रदर्शनी आयोजना गरिने आप्साले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आप्साका अनुसार आगलागी समस्या सामना गर्न समुदायस्तरमा थप सचेतना र नवीन समाधान प्रवाह गर्ने उद्देश्यसाथ सम्मेलनको आयोजना गर्न लागिएको हो । अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षासम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदानप्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीलाई एउटै छानामुनि ल्याएर अन्तरक्रिया गर्ने उद्देश्य सम्मेलनको रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार सरकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षाबारे सचेत गराउने, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनुपालन, मापदण्ड र उत्कृष्ट अभ्यास छलफल गर्न फोरम, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधि र समाधान अन्वेषण गर्ने, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने, स्थानीय समुदायमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उपाय र रोकथाम रणनीतिबारे चेतना जगाउनेलगायतका उद्देश्य रहेका छन् ।
सम्मेलनमा गृह मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह, उद्योगी नेता तथा आगलागी इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञको सहभागिता रहनेछ । सम्मेलनमा चीन, हङकङ, इण्डोनेसिया, भारत, पाकिस्तान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड र भियतनामलगायत १४ देशका विज्ञको सहभागिता रहने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच