कोप चेसको उपाधि सुदिपलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका सुदिप तामाङले जित्नुभएको छ । उहाँले नवौँ चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेल्नुभएको हो । सुदिपले ६ खेलमा जित र तीन खेलमा बराबरी खेल्दै साढे सात अंक जोड्नुभएको थियो । उहाँले उपाधिका साथै १० हजार नगद पुरस्कार जित्नुभयो ।

नेपाल बुद्धिचाल महासंघको सहयोजनामा भएको प्रतियोगितामा समान साढे सात अंक जोड्नुभएका फडे मास्टर क्षितिज भण्डारी दोस्रो हुनुभयो । उहाँ सुदिपसँगप्रोग्रेसिप टाइब्रेकरमा पछि पर्नुभयो । उहाँले सात हजार नगद पुरस्कार जित्नुभयो । नेपाल च्याम्पियन फिडे मास्टर रूपेश जैसवालले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । उहाँ अन्तिम चरणमा क्षितिजसँग बराबरी खेल्न पुग्नुभएको थियो ।

पुरुषोत्तम सिलवाल, सुुश्रुत दाहाल, सजिन महर्जन, आशिष फुयाल, सुरवीर लामा, राजन पुरी र श्रीलंकाकी ओमवन आइएम एम सचिन राणसिंगे क्रमशः चौथोदेखि दशौँ स्थानमा रहनुभयो । राणसिंगे महिलातर्फ प्रथम हुनुभयो । ५५ वर्ष उमेर समूह माथि भने भगवतीप्रसाद शर्मा उत्कृष्ट रहनुभयो । सहकारीतर्फ एनसिएफका डिजिएम सुरेश थापा प्रथम हुनुभयो, महिलातर्फ पुनम प्रसानी उत्कृष्ट हुनुभयो । एक हजारदेखि १६ सयसम्मको रेटिङतर्फ खोमप्रसाद तिमल्सिना उत्कृष्ट हुनुभयो । वेष्ट र्‍याङ्क सुधार गर्नेमा मनोजकुमार श्रेष्ठ उत्कृष्ट रहनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?