
दाङ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको नयाँ कार्यसमिति चयन भएको छ।
दाङ जिल्ला राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न अधिवेशनबाट पुनः शोभाकर पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
समितिको उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी चयन हुनुभयाे। त्यसैगरी, सचिवहरूमा कृष्ण पोख्रेल, बेणीमाधव बस्याल, माधव कडेल, जनक चौधरी, दीपक न्यौपाने, निता चौधरी चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी विनोद भट्टराईले सम्हाल्ने हुनु भएकाे छ।
सदस्यहरूमा नवराज शर्मा, वासुदेव न्यौपाने, शान्ता खनाल, रामबहादुर गन्धर्व, अजय बर्मा, यमकुमारी सुवेदी, नबराज ज्ञवाली, मनिष पन्थ, अजम्द खलि सिद्धिकी, जयपति ढकाल, ज्ञानेन्द्र पोख्रेल, लोकप्रसाद छन्त्याल, स्नेहा केसी, अराज बेल्बासे, कमल बिष्ट, माधव बेल्बासे, गिताराम बिष्ट, कुशल बस्याल, मरोज सल्मानी, ओरीराम चौरासिया, प्रमोद अर्याल, कृष्णराज पाण्डे, मित्र थापा, मोहन पौडेल, रविन्द्र गुप्ता, सुमित्रा बराल, शशी पन्थी हुनुहुन्छ ।
नवनिर्वाचित कार्यसमितिले पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रता प्रवर्द्धन, र संगठन सुदृढीकरणमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ।
अधिवेशनमा सहभागी पत्रकार तथा सरोकारवालाहरूले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच