झापा । लेनदेनको विषयमा विवाद हुँदा बुहारीलाई कुटपिट गर्ने ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-१ सितापुरीका ५१ वर्षीय धनप्रसाद न्यौपाने छन् ।
उनले ३४ वर्षीया बुहारी कोपिला न्यौपानेलाई कुटपिट गरी सख्त घाइते बनाएको गौरादह प्रहरीले जनाएको छ । नाताले काका ससुरा धनप्रसादले भतिज बुहारीलाई हिजो कुटपिट गरेका हुन् ।धनप्रसादले दाउराले गर्धन, हात र शरीरमा प्रहार गरी कोपिलालाई घाइते बनाएका हुन् ।
कोपिलाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
बुहारी कोपिलालाई कुटपिट गर्ने धनप्रसादलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ । लेनदेनको रकम भने प्रहरीले खुलाएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच