
वीरगञ्ज । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३-० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लबले दोस्रोपटक उपाधिमाथि कब्जा जमाएको हो । खेलको निर्धारित समयमा दुवै टोलीका तर्फबाट १-१ गोलको बराबरीमा खेल टुंगिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
खेलको १३औँ मिनेटमा मच्छिन्द्र क्लबका समिराज थोकरले ‘हेड’मार्फत् गोल गरेर अग्रता दिलाउनुभएको थियो ।
खेलको ५८औँ मिनेटमा नेपाल पुलिस क्लबका विकास विकले गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो । पुलिस क्लबका तर्फबाट ट्राइब्रेकरमा कप्तान रामचन्द्र वाजी, सञ्जीव लामा र अमित टमटाले गोल गर्नुभएको थियो । उज्ज्वल राईको ‘पेनाल्टी सुट’ गोलमा परिणत हुन सकेन ।
मच्छिन्द्र क्लबका तर्फबाट ट्राइबे्रेकरमा विशाल राई, दिवाकर चौधरी र समिराज थोकरले गोलमा परिणत गर्न सक्नुभएन । वीरगञ्ज गोल्डकपको विजेता बनेको नेपाल पुलिस क्लबले ११ लाख ११ हजार एक सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको मच्छिन्द्र क्लबले पाँच लाख ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा पुलिस क्लबका कप्तान रामचन्द्र वाजी सर्वोकृष्ट खेलाडी घोषित हुँदै इलेक्ट्रिक स्कुटर हात पार्नुभयो । पुलिस क्लबका अमित टमटा उत्कृष्ट गोलरक्षक बन्नुभयो ।
उत्कृष्ट प्रशिक्षक पनि पुलिस क्लबकै चेतन घिमिरे हुनुभयो । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २० हजारले पुरस्कृत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच