
भोजपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राजनीतिक स्थायित्वका लागि बर्तमान सरकार गठन भएको बताउनु भएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका वडा नम्वर ११, लोहाकोटमा निर्माण भएको वडा कार्यालय भवनको बिहिवार उद्घाटन गर्नु हुँदै मन्त्री खडकाले सो कुरा बताउनु भएको हो । स्थायीत्वका लागि संसद्का दुई ठूला कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको मन्त्री खड्काको धारणा छ । गठवन्धनको यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको बनाउँदै मन्त्री खड्काले मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार लागि परेको बताउनुभयो ।
उहाँले संघीयता सहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुन नसक्ने दावी समेत गर्नुभयो । संघीयताले नै देशको सुन्दर पक्षलाई उजागर समेत गरेको मन्त्री खडकाले बताउनुभयो ।
स्थानीय श्रोत साधनमा जनताको अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई जलबिद्युत आयोजनाको क्षमता हेरेर दुई लाखदेखि पाँच लाखसम्म विना धितो जलविद्युतको शेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने समेत मन्त्री खडकाको भनाई छ ।
मन्त्री खड्काले संखुवासभा सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित प्रयोग हुनु पर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच