
झापा । झापाको काँकरभिट्टामा जारी मेचीनगर गोल्डकप पाँचौं संकरणको फाइनल आज हुँदैछ । फाइनलमा लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक टिम काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरबीच उपाधिका लागि भिड्ने छन् ।
दुबै टिम उपाधि जित्ने उच्च मनोबलका साथ मैदान उत्रने प्रि म्याच प्रेस कन्फेरेन्समा बताइयो । जादुमय खेल चर्च ब्याइज लिग उपविजेता मच्छिन्द्र हराएर फाइनल पुगेकाले उ लयमा देखिएको छ । काँकडभिट्टा धरान फुटबल क्लबलाई सडनडेथ पन्छाउँदै फाइनलमा पुगेकाले उत्साही छ ।
सो कुरा चर्च ब्याइजका कोच सुमन श्रेष्ठले स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘झापामा आएर झापाकै टिमसँस फाइनल खेल्न सहज छैन तर सेमिफाइनलको परिणामले उत्साहित छौँ फाइनल जित्ने गरी टिम मैदानमा उत्रन्छ ।’ चर्च ब्याइज मध्यान्तरसम्मको ३–० को अवस्था उल्टाउँदै फाइनल पुगेको हो।
‘विपक्षीको खेल र रणनीति हेरेका छौँ,’ आयोजक काँकरभिट्टाका कोच मुन्न सुब्बाले भन्नुभयो, ‘हाम्रो तार्गेट नै फाइनल जित्ने हो,रणनितिका साथ इपाधी जित्ने गरी खेल्छौं।’
काँकरभिट्टा खेल मैदानमा दिउँसो २ बजेदेखि सुरू हुने फाइनल खेलको समापनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की आउने गोल्डकपआयोजक समितिले जनाएको छ । उपाधी विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ । उपविजेताले पाँच लाख पाउने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र उच्च गोलकर्ताले नगद २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले समान २१ हजार र उदीयमान खेलाडीले ११ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक टिम काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, विभागीय टिम एपिएफ, मच्छिन्द्र , चर्च ब्वाइज , धरान फुटबल क्लब, भारतको जर्जीयन युनाइटेड कालिम्पोङ, झापा एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी हभागी थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच