
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बरहथवा नगरपालिकास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार नक्कली प्रमाणपत्र लिएको आरोपमा सो विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बुढाथोकीले रौतहटको महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतिय पदको नियुक्ति लिने बेलामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको अख्तियारका पौडेलले जनाउनु भयो।
बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९ बमोजिम र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच