
लण्डन । रियल मड्रिडले फेमेनिनो महिला च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । मंगलबार राती क्वाटरफाइनलको पहिलो लेगमा आर्सनल वुमेनलाई २-० को सहज जित निकाल्दै रियलले लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
खेलको २१औँ मिनेटमा लिंडा काइसिडोले आर्सनलको रक्षापंक्तिलाई विट गर्दै पहिलो गोल गर्नुभएको थियो । आर्सनलकी डिफेन्डर लिया विलियमसनको गल्तीको फाइदा उठाउँदै युवा कोलम्बियन फरवार्ड काइसिडोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । रक्षात्मक कमजोरी आर्सनलका लागि चुनौतीपूर्ण रहँदै आएको छ ।
समूह चरणमा मात्र दुई क्लिन सिट राख्न सफल आर्सनलले नकआउटअघि ९ गोल खाएको थियो तर १७ गोल फर्काएको थियो । दोस्रो हाफमा पनि आर्सनलले खेलमा पुनरागमन गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ६७औँ मिनेटमा क्लो केलीलाई मारिया मेन्डेजले लडाएपछि पेनाल्टीको माग गरिएको थियो तर रेफ्रीले अस्वीकार गर्नुभयो । खेलको ८२औँ मिनेटमा अथेनेया डेल कास्टिलोले अर्को गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गर्नुभयो । अब आर्सनलले दोस्रो लेगमा पुनरागमन गर्दै सेमिफाइनलमा पुग्ने प्रयास गर्नेछ ।
यसैगरी, फ्रेन्च क्लब लियोनले बायर्न म्युनिखलाई २-० को अन्तरले पराजित गर्दै महिला च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा महत्वपूर्ण जित निकालेको छ । खेलको पहिलो हाफको मध्यतिर टाबिथा चाविंगाले घरेलु टोलीका डिफेन्डर लिन्डा सेमब्रान्टको गल्तीको फाइदा उठाउँदै सुन्दर गोल गर्नुभयो । लियोनले बायर्नको ११ खेलसम्म कायम रहेको अपराजित घरेलु यात्रालाई तोड्दै दोस्रो लेगका लागि बलियो स्थान बनाएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच