कैलाशको एसईई परीक्षा केन्द्रमा अध्यक्षको टोलीद्वारा अनुगमन

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 4 mins

मकवानपुर । कैलाश मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक एईईको परीक्षा केन्द्र सञ्चालन भएको छ । विहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कैलाश ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।

विहीबार परीक्षा केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा शाखा प्रमुख समीर जोशी, स्रोत शिक्षक ध्रुवराज विष्ठ लगायतको टोलीले अनुगमन गरेका छन् । कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थी र  ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जना विद्यार्थीले उक्त केन्द्रबाट परीक्षा दिएका छन् । कालिका माविका विद्यार्थी बाहेक कैलाशका अन्य विद्यालयका दुई सय १६ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन् । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । परीक्षामा ५ छात्रा र २ छात्र गरी ७ जना अनुपस्थिती रहेको परीक्षाका केन्द्राध्यक्ष रामप्रसाद कालाखेतीले बताउनुभयो  । पहिलो पटक केन्द्र तोकिएको हो, सोही अनुरुप विद्यार्थीहरुलाई परीक्षामा सहभागिता गराएका छौं, केन्द्राध्यक्ष कालाखेती भन्नुभयाे ।

पालिकाभित्र अध्ययनरत विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो  । भौगोलिक विकटता भएकाले परीक्षा र पठनपाठनमा असहज परिस्थिती विद्यार्थीमा रहेको थियो, सोहीलाई सहजता बनाउन केन्द्र कायम गरिएको अध्यक्ष मुक्तानले बताउनुभएको छ ।

भौगोलिक विकटताले केन्द्र आउन जान असज हुनाले हामीले परीक्षा अवधिभर विद्यार्थीको लागि खाना र आवासको समेत व्यवस्था गरिएको बताउँदै परीक्षा केन्द्रमा विद्यालय नर्स, स्वास्थ्यकर्मीहरु औषधिसहित खटाइएका छौं, अध्यक्ष मुक्तानले भन्नुभयो । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ ।

परीक्षामा कैलाशको कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जना रहेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा दिने शिक्षा शाखा प्रमुख समीर जोशीले बताउनुभयो । कालिका माविका नियमिततर्फ ४५ र ग्रेडवृद्धितर्फ १० जना विद्यार्थी भने हेटौंडा ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिने जोशीले बताउनुभयो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?